चर्चित समाचार
  • सेवनलाई बिमा व्यवसायीको सुझाव : सञ्चालक रहेका लगानीकर्ताको सेयर सधैँ रोक्का गरिराख्नु न्यायोचित हुँदैन

    सेवनलाई बिमा व्यवसायीको सुझाव : सञ्चालक रहेका लगानीकर्ताको सेयर सधैँ रोक्का गरिराख्नु न्यायोचित हुँदैन

    आइतवार, जेठ १३ २०८१
    आइतवार, जेठ १३ २०८१
  • सेवनलाई बिमा व्यवसायीको सुझाव : सञ्चालक रहेका लगानीकर्ताको सेयर सधैँ रोक्का गरिराख्नु न्यायोचित हुँदैन

    काठमाडौँ / नेपाल निर्जीवन बिमा व्यवसायीहरूले आइतबार नेपाल धितोपत्र बोर्ड (सेवन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई विभिन्न विषयमा सुझाव पेस गरेका छन् । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बिमा कम्पनीका लगानीकर्ताहरूको छाता सङ्गठन नेपाल निर्जीवन बिमा व्यबसायी सङ्घले निर्देशक अधिकारीसँग संघको तर्फबाट उक्त सुझावहरू पेस गरेको हो । 

    हाल सञ्चालकहरूको शेयर पदमा रहँदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले कयौँ बर्षदेखि लगानीकर्ता सञ्चालकहरूले आफुलाई व्यक्तिगत रूपमा अप्ठ्यारो परेको बखतमा शेयर बिक्री नपाउँदा समस्या परेको सङ्घका पदाधिकारीहरूले गुनासो गरेका थिए । 

    सबै लगानीकर्ताहरू जस्तै सञ्चालकहरूसमेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरूको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफुसँग रहेको शेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुँदा सो प्रावधानलाई पुनरावलोकन गर्नसमेत व्यवसायीहरूले आग्रह गरे । 

    भारतलगायत अन्य मुलुकमा पनि अग्रिम रूपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो सेयर बिक्री गर्न सकिने व्यव्यवस्था गर्नसमेत सङ्घले बोर्डको ध्यानाकर्षण गराएको थियो । 

    उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार