चर्चित समाचार
  • बैशाखसम्म व्यापार घाटा २.३ प्रतिशतले घट्यो, कस्तो छ वैदेशिक व्यापारको अवस्था ?

    बैशाखसम्म व्यापार घाटा २.३ प्रतिशतले घट्यो, कस्तो छ वैदेशिक व्यापारको अवस्था ?

    सोमवार, जेठ २८ २०८१
    सोमवार, जेठ २८ २०८१
  • बैशाखसम्म व्यापार घाटा २.३ प्रतिशतले घट्यो, कस्तो छ वैदेशिक व्यापारको अवस्था ?

    काठमाडौँ / आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार व्यापार घाटा घटेर बैशाखसम्म ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कायम भएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । त्यस्तै, बैशाखसम्म निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

    बैशाखसम्म कुल वस्तु निर्यात ३.६ प्रतिशतले घटेर १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्र्फ भएको निर्यात क्रमशः ५.६ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ६८.१ प्रतिशतले वृद्धि भएको छ । 

    वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ । चालु आवको १० महिनामा कुल वस्तु आयात २.४ प्रतिशतले कमी आई १३ खर्ब ३ अर्ब ३६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो । 

    वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । 

    वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

    निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

    समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब १९ अर्ब ६० करोड बराबरको भएको थियो ।

    वैदेशिक व्यापारको संरचना

    वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.६ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.६ प्रतिशत रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुुपात क्रमशः ५४.९ प्रतिशत, ०.६ प्रतिशत र ४४.५ प्रतिशत रहेको थियो ।

    समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८.९ प्रतिशत, पुँजीगत वस्तुको ९.३ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.२ प्रतिशत, ८.४ प्रतिशत र ३८.४ प्रतिशत रहेका थिए ।

    वार्षिक विन्दुगत आधारमा बैशाख महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ३.९ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ०.३ प्रतिशतले घटेको छ । त्यस्तै, बैशाख महिनामा व्यापारको शर्त ४.२ प्रतिशतले बृद्धि भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । 

    समीक्षा अवधिमा खुद सेवा आय ५१ अर्ब ९२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

    सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।

    समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३९.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय ७५ अर्ब १४ करोेड रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार