images
images

रवि लामिछानेले संसद्को रोष्टमलाई कुण्ठा पोख्ने ठाउँ बनाएको विनोद चौधरीको आरोप, ‘स्टन्ट’ बन्द गर्न आग्रह

रवि लामिछानेले संसद्को रोष्टमलाई कुण्ठा पोख्ने ठाउँ बनाएको विनोद चौधरीको आरोप, ‘स्टन्ट’ बन्द गर्न आग्रह

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • रवि लामिछानेले संसद्को रोष्टमलाई कुण्ठा पोख्ने ठाउँ बनाएको विनोद चौधरीको आरोप, ‘स्टन्ट’ बन्द गर्न आग्रह

    काठमाडौँ / नेपाली कांग्रेसका सांसद विनोद चौधरीले रास्वपाका सभापति तथा पूर्व गहमन्त्री रवि लामिछानेले संसद्को रोष्टमलाई कुण्ठा पोख्ने ठाउँ बनाएको आरोप लगाएका छन् । चौधरीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत लामिछानेलाई चौधरीले विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले संसदजस्तो गरिमामय थलोमा  कुण्ठा पोख्नु स्टन्टको राजनीतिबाहेक अरु केही नभएको बताएका हुन् ।

    “विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरू केही होइन”, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

    लामिछानेले सत्ताको चरम दुरुपयोग गरेर आफूमाथि प्रधिसोध साध्न खोजिएको आरोपसमेत चौधरीले लगाएका छन् । उनले लेखेका छन्, “विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो।”  

    लामिछानेले आइतबार संसद्मा सम्बोधन गर्दै अनुसन्धानमा रहेका व्यक्ति बालकोटमा गएर गीत गाएको भन्दै चौधरीको आलोचना गरेका थिए । 

    “अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रूपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ,” चौधरीले लेखेका छन्, “संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरूमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु।” 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार