images
images

एशियन पेन्ट्स नेपालको आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइनको ११ औँ कलाइडोस्कोप प्रतियोगिता सम्पन्न, कोको भए बिजेता ?

एशियन पेन्ट्स नेपालको आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइनको ११ औँ कलाइडोस्कोप प्रतियोगिता सम्पन्न, कोको भए बिजेता ?

सोमवार, भदौ ३ २०८१
सोमवार, भदौ ३ २०८१
  • एशियन पेन्ट्स नेपालको आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइनको ११ औँ कलाइडोस्कोप प्रतियोगिता सम्पन्न, कोको भए बिजेता ?

    काठमाडौँ / एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३/२४ को ११औँ कलाईडोस्कोप कार्यक्रमको आयोजना गरेको छ । 

    images
    images

    नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    सो कार्यक्रमले कलेजहरू, प्रोफेशनल आर्किटेक्टहरू र उपभोक्तलाहरूलाई एकसाथ भेला गर्दछ, जसले प्रत्यक्ष परियोजना र मूल्याङ्कनका विभिन्न राउण्डहरूमार्फत् प्रतियोगितालाई सक्षम बनाउँछन्, अनि नेपाली आर्किटेक्ट समुदायबाट प्रतिनिधित्व गरेका अनुभवी निर्णायकहरूको स्वतन्त्र निकायले विजेताको चयन गर्दछन् ।

    प्रतियोगितामा विजयी भएको डिजाइनलाई उपभोक्तालाई थप कार्यान्वयनका लागि हस्तान्तरण गरिएको छ । कलाईडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरूले सहभागीता जनाएका थिए, जसले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए ।

    प्रतियोगितामा आई.ओ.ई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७० हजार रुपैयाँ हात पारेकी छन् भने एक्मे इन्जिनियरिङ्ग कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । 

    यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्नु हुने काठमाडौँ इन्जिनियरिङ्ग कलेजका बिपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङ्गका केवल लामाले नगद पुरस्कार १०÷१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    विजेताहरूलाई माननीय पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले समारोहका बीच पुरस्कारहरू प्रदान गरेका थिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार