images
images

अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ ५० पैसा पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ ५० पैसा पर्ने, अन्य मुद्रालाई कति ?

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • अमेरिकी डलरको बिक्री मूल्य १३४ रुपैयाँ ५० पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ९० पैसा पर्नेछ भने बिक्रीमा १३४ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    images
    images
    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

    यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिद दर १५४ रुपैयाँ ८४ पैसा र बिक्री दर १५५ रुपैयाँ ५४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९० रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ३० पैसा र सिङ्गापुरे डलर एकको खरिदमा १०२ रुपैयाँ १८ पैसा र बिक्रीमा १०२ रुपैयाँ ६४ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १६ पैसा र बिक्री दर ९ रुपैयाँ २० पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७५ पैसा र बिक्रीमा १८ रुपैयाँ ८३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६८ पैसा र बिक्री दर ३५ रुपैयाँ ८४ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार