images
images

अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको मुद्राको भाउ बढ्दा घट्यो जापानिज येन, यस्तो छ विनिमय दर

अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको मुद्राको भाउ बढ्दा घट्यो जापानिज येन, यस्तो छ विनिमय दर

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • अमेरिकी डलर, युरोदेखि कतारी रियालसम्मको मुद्राको भाउ बढ्दा घट्यो जापानिज येन, यस्तो छ विनिमय दर

    काठमाडौँ / मङ्गलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलर एकको बिक्री मूल्य १३४ रुपैयाँ ५८ पैसा पुगेको छ । 

    images
    images

    सोमबार भने अमेरिकी डलर एकको १३४ रुपैयाँ ४९ पैसा मात्रै तोकिएको थियो। त्यसैगरी एक अमेरिकी डलरको खरिदमा १३३ रुपैयाँ ८९ पैसा रहेकोमा आज बढेर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ । 

    यता, युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघिद्ध एकको खरिदमा १४७ रुपैयाँ ९१ पैसा र बिक्रीमा १४८ रुपैयाँ ५८ पैसा रहेको युरोको भाउ बढेर आज खरिदमा १४८ रुपैयाँ २६ पैसा र बिक्रीमा १४८ रुपैयाँ ९२ पैसा पुगेको हो । 

     त्यस्तै, युके पाउन्ड स्टर्लिङको भाउ भने सामान्य बढेको छ । यसअघि एकको खरिदमा १७५ रुपैयाँ ८० पैसा र बिक्रीमा १७६ रुपैयाँ ५९ पैसा तोकिएको युके पाउन्ड स्टर्लिङलाई आज खरिदमा १७५ रुपैयाँ ९८ पैसा र बिक्रीमा १७६ रुपैयाँ ७६ पैसा पर्नेछ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७६ पैसा र बिक्रीमा ९१ रुपैयाँ १७ पैसा पर्नेछ । अष्ट्रेलियन डलरको भाउ पनि सोमबारको तुलनामा बढेको हो । क्यानेडियन डलर पनि बढेर एकको खरिद मूल्य ९९ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ७१ पैसा पुगेको छ । 

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १३ पैसा र बिक्रीमा ९ रुपैयाँ १७ पैसा तोकिएको छ । अन्य मुद्राको भाउ बढ्दा जापानिज येन भने कमजोर बनेको छ । 

    साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार