images
images

अनरको दसैं-तिहार अफर, स्मार्टफोन किन्दा थाइल्यान्ड घुम्ने र स्कुटर पाइने

अनरको दसैं-तिहार अफर, स्मार्टफोन किन्दा थाइल्यान्ड घुम्ने र स्कुटर पाइने

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • अनरको दसैं-तिहार अफर, स्मार्टफोन किन्दा थाइल्यान्ड घुम्ने र स्कुटर पाइने

    काठमाडौँ / दसैं-तिहार लगायतका चाडवाड लक्षित गर्दै अनर नेपालले थाइल्यान्ड भ्रमणसहित स्कुटर र अरु महंगा उपहार जित्ने अफर ल्याएको छ ।

    images
    images

    जसमा ग्राहकले अनर स्मार्टफोन खरिद गर्दा थाइल्यान्ड भ्रमणको अवसर पाउनुका साथै अप्रिलिया एसआर १२५ स्कुटर र अनर म्याजिक सि २ जित्न सक्नेछन् ।

    ‘अनर किन्नुहोस् थाइल्यान्ड घुम्नुहोस्’ अफर अन्तर्गत ग्रान्ड पुरस्कारको रुपमा ग्राहकले थाइल्यान्ड भ्रमणको अवसर पाउनुका साथै अप्रिलिया एसआर १२५ स्कुटर र अनर म्याजिक भी२ पाउने छन् ।

    यस्तै साप्तहिक पुरस्कारको रुपमा मार्शल स्पिकर र अनर २०० पाउने बताइएको छ । साथै दैनिक पुरस्कारको रुपमा अनर च्वाइस इयरबड्स एक्स५ र SCYKEI GT वाच पनि कम्पनीले ग्राहकलाई दिने जनाएको छ ।

    विभिन्न चाडवाडहरु नजिकिरहँदा कम्पनीले नयाँ उपहार योजना घोषणा गरेको हो । यस क्रममा अनर नेपालका राहुल राठीले दसैं अफर घोषणा गर्दै भने, ‘हामी दसैंको यस पावन अवसरमा हाम्रो अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्! अभियान ल्याउन पाउँदा अत्यन्तै खुसी छौं। हाम्रो उद्देश्य ग्राहकहरूको दसैंलाई अझ विशेष र सम्झनलायक बनाउन उत्कृष्ट पुरस्कारहरू प्रदान गर्नु हो।’

    पुरस्कार योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कुनै पनि अनर स्मार्टफोन किन्नुपर्ने छ । साथै खल्ती एपमार्फत् दामी क्युआर स्क्यान गरेर आफ्नो पुरस्कार थाहा पाउन सकिन्छ। यस अभियान पर्व मनाउने उद्देश्यले ल्याइएको पनि कम्पनीले जनाएको छ ।

    यस अभियानबाट आफ्ना ग्राहकमा दसैंको उत्साह र खुसी थपिने कम्पनीले अपेक्षा राखेको छ । यो अफर १७ सेप्टेम्बर २०२४ देखि ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ सपहरू र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ । हरेक अनर स्मार्टफोनको खरिद गर्दा यस अभियानमा सहभागी हुन पाइने पनि कम्पनीले बताएको छ ।

    अभियानको बारेमा थप जानकारीका लागि अनरका सामाजिक सञ्जाल पेजहरू र वेबसाइटमा पनि हेर्न मिल्ने बताइएको छ । 

    अनर स्मार्ट उपकरणहरूको एक अग्रणी अन्तर्राष्ट्रिय प्रदायक हो । जसले नयाँ प्रविधिहरू र सेवाहरू मार्फत जोडिएको भविष्य सिर्जना गर्ने प्रतिबद्धता गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार