images
images

आज अमेरिकी डलर, युरोदेखि जापानिज येनसम्मको भाउ घट्यो, हेर्नुस् विनिमय दर

आज अमेरिकी डलर, युरोदेखि जापानिज येनसम्मको भाउ घट्यो, हेर्नुस् विनिमय दर

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • आज अमेरिकी डलर, युरोदेखि जापानिज येनसम्मको भाउ घट्यो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / बुधबार अमेरिकी डलरदेखि युरोसम्मको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५३ पैसा तोकिएकोमा आज घटेर खरिदमा १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७६ रुपैयाँ ७७ पैसा र बिक्रीमा १७७ रुपैयाँ ५७ पैसा रहेकोमा आज सामान्य घटेर खरिदमा १७६ रुपैयाँ ६५ पैसा र बिक्रीमा १७७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५५ पैसा पुगेको छ । यसअघि भने एक युरोको खरिदमा १४८ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ६० पैसा रहेको थियो ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ५५ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार