images
images

इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम

इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • इना सेन्टरले भित्र्यायो दुबईको प्रसिद्ध अल हरमेन परफ्युम

    काठमाडौँ / नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । 

    images
    images

    युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । नेपालका परफ्युम पारखीहरुलाई लक्षित गर्दै इना सेन्टरले अल हरमेन नेपाली बजारमा उपलब्ध गराइएको जनाएको छ ।

    काठमाडौंमा हालै आयोजित एक भव्य समारोहमा इन्टरनेशनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अल हरमेन परफ्युम नेपाली बजार प्रवेशको शुभारम्भ गरेका छन् । 

    राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु सहभागी रहेको कार्यक्रममा फिल्मी क्षेत्रका सेलिब्रेटीहरूसहित प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।

    इना सेन्टरको अल हरमेन पफ्युम्ससँगको सफल साझेदारीले नेपाली बजारमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय ब्रान्डहरू ल्याउने आफ्नो प्रतिवद्धतालाई पुन प्रमाणित गरेको यसका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए ।

    “हामी पहिलो पटक युएईको सबैभन्दा प्रतिष्ठित परफ्युम ब्रान्ड अल हरमेन नेपालमा ल्याउन पाउँदा अत्यन्तै गौरवान्वित छौं,” बर्तौलाले भने, “अल हरमेनले उत्कृष्ट सुगन्धका लागि बेन्चमार्क सेट गरेको छ र हामी विश्वस्त छौं कि नेपाली उपभोक्ता र सुगन्ध प्रेमीहरूले पहिलेका ब्रान्डजस्तै यसलाई पनि मन पराउनु हुनेछ ।”

    कम्पनीले एम्बर औड सिरिजका दुईवटा नयाँ सुगन्धसहितको परफ्युम पनि अनावरण गरेको छ । जसमा एम्बर औड दुबई नाइट र एम्बर औड दुबई एक्वा रहेका छन् । कार्यक्रमका सहभागीहरूबाट दुवै सुगन्धप्रति उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

    अल हरमेन सन् १९७० मा स्थापना भए पनि हाल परफ्युम क्षेत्रको ग्लोबल लिडर कम्पनी बनिसकेको छ । यसमा प्रिमियम क्वालिटी र विशिष्ट वस्तुहरुको मिश्रणको कारण नेपालमा पाइने अन्य परफ्युमको तुलनामा यसले छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ ।

    इना सेन्टरले यसअघि पनि नेपालमा क्लाइभ क्रिस्चियन, निशाने, टिजियाना टेरेन्जी, अफनान र एसेन्शियललगायतका ब्रान्डका परफ्युम बिक्री गर्दै आइरहेको छ । नेपाली बजारमा विकास भइरहेको विलासिता र गुणस्तरीयताप्रतिको सचेतनालाई ख्याल गर्दै इना सेन्टरले पाँचवटा विशेष शोरुमसहित अनलाइन ई–कमर्स प्लेटफर्मबाट पनि यी परफ्युम बिक्री गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार