images
images

गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ

गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ

    काठमाडौँ / सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ पक्राउ परेका छन् ।

    images
    images

    कास्की प्रहरीको पत्रका आधारमा काठमाडा}F उपत्यका अपराध अनुसन्धान कार्यालयको टाेलीले जाेशीलाई शं‍खमूलबाट पक्राउ गरेको हाे । प्रहरी स्रोतका अनुसार उनलाई कास्की प्रहरीमा पठाउने तयारी भइरहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

    'सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ।’

    संसदीय समितिले कम्पनीका नाममा रहेको आफ्नो हस्ताक्षर चल्ने बैंक खातामा आउने रकमको स्रोतबारे सञ्चालकहरू राई, लामिछाने र जोशीले प्रश्न गरेको, कुनै विमति वा फरक मत दर्ज गराएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार