images
images

बिच कबड्डी विश्वकप खेल्न नेपाली टोली इरान प्रस्थान

बिच कबड्डी विश्वकप खेल्न नेपाली टोली इरान प्रस्थान

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • बिच कबड्डी विश्वकप खेल्न नेपाली टोली इरान प्रस्थान

    काठमाडौँ / बिच कबड्डी विश्व कपमा सहभागी हुन ६ पुरुष खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आइतबार इरानको एन्जल प्रस्थान गरेको छ ।

    images
    images

    सेप्टेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडी टोलीमा कल्याण भुजेल (कप्तान), रन्जित गजमेर, पदमबहादुर विष्ट, रामु टमटा, गणेश पार्की र निरज चन्द रहेका छन् ।

    प्रशिक्षकमा विष्णुदत्त भट्ट, टिम व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रामकेवल मुखिया रहेका छन् ।

    टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार