images
images

राति नै वीर अस्पतालमा भर्ना भए दुर्गा प्रसाईं

राति नै वीर अस्पतालमा भर्ना भए दुर्गा प्रसाईं

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • राति नै वीर अस्पतालमा भर्ना भए दुर्गा प्रसाईं

    काठमाडौँ / साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । 

    images
    images

    उनी आइतबार साँझदेखि वीर अस्पतालमा राखिएको साइबर ब्युरोका अधिकृतहरु बताउँछन् । पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको ब्युरोका अधिकृतहरूले बताएका हुन् । 

    विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ ।

    प्रसाईंविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप छ । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।

    प्रसाईंलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि प्रसाईंका समर्थकहरुले हुलहुज्जत गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार