images
images

रोयल इनफिल्ड वान राइड २०२४ सम्पन्न, ४५० भन्दा धेरै राइडरहरु सहभागी

रोयल इनफिल्ड वान राइड २०२४ सम्पन्न, ४५० भन्दा धेरै राइडरहरु सहभागी

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • रोयल इनफिल्ड वान राइड २०२४ सम्पन्न, ४५० भन्दा धेरै राइडरहरु सहभागी

    काठमाडौँ / पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    प्रत्येक वर्ष आयोजना गरिने वान राइडमा यसपटक विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी सहरमा ३० हजार भन्दा बढी राइडरहरुले एकै साथ राइड गरेका हुन् ।

    वान राइड २०२४ कार्यक्रम आइतबार बिहान ८ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सहभागीहरूलाई सडक सुरक्षाका बारेमा जनचेतना दिइएको थियो ।

    नेपालमा काठमाडौँ लगायत १७ मुख्य सहरहरू बिर्तामोड, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगन्ज, हेटौडा, नारायणगढ, टाडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढीबाट ४५० जनाभन्दा धेरै राइडरहरुले सहभागी जनाए ।

    देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक मा.वि.का सबै विद्यार्थीहरूलाई हुने गरी खेलकुद सामग्री र पचास हजार नगद सहयोग वितरण गरिएको थियो । 

    खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, अल्फा अटोमोटिभका आधिकारीहरू समेत सहभागी भएका थिए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार