images
images

काठमाडौँ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, रितिका बनिन् विजेता

काठमाडौँ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, रितिका बनिन् विजेता

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • काठमाडौँ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, रितिका बनिन् विजेता

    काठमाडौँ / काठमाडौँ स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि शनिबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ ।

    images
    images

    दशरथ रंगशालाको कभर्डहलमा शनिबार आयोजित ट्यालेन्ट हन्टबाट रितिका भट्ट विजेता बनेको काठमाडौँ स्पाइकर्सले जनाएको छ । 

    ६.१ फिट उचाइ भएकी उनी अब काठमाडौँ स्पाइकर्स टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्नेछिन् ।

    एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।

    आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्नेछ ।

    काठमाडौँ स्पाइकर्सकी सीओओ सुदीक्षा अधिकारीले ट्यालेन्ट हन्ट इभेन्टले नेपाली भलिबलमा महिला खेलाडीहरूको सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

    सहभागीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनले आगामी दिनमा पनि यस्ता अवसरहरू प्रदान गर्ने धारणा राखिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार