images
images

आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा परिसालाई स्वर्ण

आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा परिसालाई स्वर्ण

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा परिसालाई स्वर्ण

    काठमाडौँ / परिसा खड्गीले छैटौं आईएफकेके राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ४५ केजीमुनि स्वर्ण जितेकी छन् । परिसाले फाइनलमा सरस्वतीकुमारी बोहरालाई पराजित गरिन् । सपना तामाङले कांस्य जितिन् ।

    images
    images

    इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि शिवानी आले मगर पहिलो भइन् । शिवानीले फाइनलमा कृतिका लामालाई हराइन् । प्राश्नी तामाङ तेश्रो भइन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि आरुस थापाले फाइनलमा इशान सापकोटालाई पाखा लगाउदै पहिलो भए । 

    अमनकुमार गुप्ता तेश्रो बने । पुरुष ४० केजीमुनि आकाश नेपालीले स्वर्ण जिते । उनले फाइनलमा मनोज अग्रीलाई पन्छाए । साजन वाइबा तेश्रो स्थानमा रहे ।

    पुरुष ४५ केजीमुनि प्रवेश गुरुङले बाजी मारे । उनले स्वर्ण भिडन्तमा सागर तामाङको चुनौती समाप्त पारे । शेख रिज्वान तेश्रो भए । पुरुष ५० केजीमुनि फाइनलमा सरोज राईले फाइनलमा अनिलकुमार लोहारमाथि जित दर्ता गर्दै शीर्ष स्थान हात पारे । 

    बसन्त सारु मगर तेश्रो भए । सबै स्पर्धामा पदक जित्ने खेलाडीले नगद पुरस्कार पाए । कुल १ लाख ३१ हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

    विजेतालाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धर, आयोजक आईएफकेकेका संस्थापक एवं नेपाल ब्रान्च चिफ प्रेमबहादुर तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा १ सय खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार