images
images

हिमाल मिडियाको आयोजनामा आजदेखि भ्याली स्लाम टेनिस प्रतियोगिता, पुरस्कार राशी ५ लाख ७६ हजार रुपैयाँ

हिमाल मिडियाको आयोजनामा आजदेखि भ्याली स्लाम टेनिस प्रतियोगिता, पुरस्कार राशी ५ लाख ७६ हजार रुपैयाँ

सोमवार, असोज ७ २०८१
सोमवार, असोज ७ २०८१
  • हिमाल मिडियाको आयोजनामा आजदेखि भ्याली स्लाम टेनिस प्रतियोगिता, पुरस्कार राशी ५ लाख ७६ हजार रुपैयाँ

    हिमाल मिडियाको आयोजनामा बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता आज सोमबारदेखि हुने भएको छ ।

    images
    images

    प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता सुपरभाइजर कृष्णराज घलेले जनाएका छन् । भेट्रानमा पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ ।

    सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल पुरस्कार राशी ५ लाख ७६ हजार रुपैयाँ छ । पुरुष/महिला सिंगल्स र पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । 

    ३५ वर्षमाथि सिंगल्स/डबल्समा पहिलो हुनेले २५ हजार, दोश्रोले १२ हजार ५ सय र तेश्रो हुने दुई खेलाडीले ६/६ हजार नगद पुरस्कार हात पार्ने छन् । 

    ४५ वर्षमाथि पुरुष सिंगल्स/डबल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ४ हजार ५ सय/४ हजार ५ सय नगद पुरस्कार जित्ने छन् । 

    ५५ वर्षमाथि प्रथमलाई १५ हजार, दोश्रोलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ३ हजार ५ सय/३ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । ६५ वर्षमाथि पहिलो हुनेलाई १० हजार, दोश्रोलाई ६ हजार र तेश्रोलाई ३/३ हजार नगदबाट पुरस्कृत गरिने छ ।

    नेपाल टेनिस संघ तथा पाटनस्थित ढोकइमा क्याफेको सहयोगमा हुन लागेको प्रतियोगितामा १ सय ३९ खेलाडीको सहभागित रहने आयोजकले जनाएको छ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार