images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?
    images
    images

    काठमाडौँ / आज बिहीबार एक अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ०६ पैसा तोकिएको छ । 
    नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा १४९ रुपैयाँ २७ पैसा र बिक्रीमा १४९ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७८ रुपैयाँ ४३ पैसा र बिक्रीमा १७९ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १५७ रुपैयाँ ०८ पैसा र बिक्रीमा १५७ रुपैयाँ ७८ पैसा तोकिएको छ । 

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९१ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३० पैसा र बिक्री दर ९९ रुपैयाँ ७५ पैसा र सिङ्गापुरे डलर एकको खरिद मूल्य १०३ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य १०४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ९९ पैसा र बिक्रीमा १९ रुपैयाँ ०८ पैसा पर्नेछ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ७८ पैसा र मलेसियन रिंगेट एकको खरिदमा ३२ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार