images
images

मुक्तिनाथ क्यापिटलको साधारण सभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

मुक्तिनाथ क्यापिटलको साधारण सभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • मुक्तिनाथ क्यापिटलको साधारण सभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

    काठमाडौँ / मुक्तिनाथ क्यापिटल लिमिटेडका शेयरधनीहरूले करसहित चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । कम्पनीको शुक्रबार सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौँमा सम्पन्न बार्षिक साधरणसभाले पारित गरेसँगै शेयरधनीहरूले लाभांश पाउने भएका हुन् । 

    images
    images
    images
    images

    संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिबेदनसहितको २०८१ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आ.व.२०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको छ ।  

    सभाले क्यापिटलका शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    उक्त साधारण सभाले आ.व.२०८१/०८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । 

    साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार