images
images

४४ अंकले बढ्यो सेयर बजार, सिमेन्ट कम्पनीमा आकर्षण, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

४४ अंकले बढ्यो सेयर बजार, सिमेन्ट कम्पनीमा आकर्षण, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • ४४ अंकले बढ्यो सेयर बजार, सिमेन्ट कम्पनीमा आकर्षण, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

    काठमाडौँ / केही समयदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक आज भने बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार आज सोमबार परिसूचक ४४.४५ अंक अर्थात १.८० प्रतिशत अर्थात २ हजार ५ सय ८.८६ बिन्दुमा उक्लिएको हो । 

    images
    images
    images
    images

    साताको पहिलो कारोबारको दिन अर्थात आज आइतबार नेप्से परिसूचक २२.३६ अंक अर्थात ०.८९ प्रतिशतले घटेर २ हजार ४ सय ६४.४० बिन्दुमा पुगेको थियो । 

    परिसूचक बढेपनि आज अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। आइतबार चार अर्ब पाँच करोड रूपैयाँको कारोबार भएकोमा यसदिन तीन अर्ब ७१ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँ कमी आएको हो। 

    आज ३१९ वटा धितोपत्रको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच भएको हो। सोमबार २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटाको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    सिमेन्ट कम्पनीमा आकर्षण

    सिमेन्ट कम्पनीहरूको मूल्य बढ्दा समग्र उत्पादन मुलक समूहमा सुधार देखिएको छ। बाढीपछिको पुनरनिर्माणमा सिमेन्टको माग बढ्न सक्ने अपेक्षामा पनि आइतबारदेखि नै यी कम्पनीहरूको मूल्य बढेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.६० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशतले बढेको छ। यस्तै दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ३.२८ प्रतिशतले बढेको छ।

    सिइडिबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढ्यो 

    यसदिन सिइडिबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ७२७ रूपैयाँ कायम भएको छ।यसैगरी, कुमारी सवल योजनाको मूल्य ९.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९ रूपैयाँ ९२ पैसा पुगेको छ।

    प्रभु सेलेक्ट फण्डको मूल्य सर्वाधिक घट्यो

    प्रभु सेलेक्ट फण्डको मूल्य सर्वाधिक ९.३६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६८ पैसामा झरेको छ।नबिल ब्यालेन्सड् फण्डको मूल्य ७.२९ प्रतिशतले घटेको छ। उक्त योजनाको प्रतिकित्ता मूल्य ८ रूपैयाँ ९० पैसा कायम भएको छ।

    सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार

    सोमबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७२७ रूपैयाँमा १७ करोड ६९ लाखको सेयर कारोबार भएको छ।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सर्वोत्तम सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७९८ रूपैयाँमा १७ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार