images
images

चालु आर्थिक बर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि दर पुग्ने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक बर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि दर पुग्ने विश्व बैंकको प्रक्षेपण

उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिदर बढ्न सहयोग पुग्ने

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • चालु आर्थिक बर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि  दर पुग्ने विश्व बैंकको प्रक्षेपण
    images
    images

    काठमाडौँ / विश्व बैंकले चालू आर्थिक बर्ष २०८१/८२ (सन् २०२५) मा नेपालको आर्थिक बृद्धि दर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । चालू सरकारले यस आर्थिक बर्षमा ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेकोमा विश्व बैंकले भने ५.१ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको हो ।

    उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिदर बढ्न सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । 

    विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट ः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने जनाएको हो । 

    विश्व बैंकले गत आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सन् २०२६ मा भने नेपालको अर्थतन्त्र ५५ प्रतिशतले बृद्धि हुने विश्व बैंकको अनुमान छ । 

    नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने भए पनि विश्व बैंकले वित्तीय प्रणालीमा उच्च जोखिम सहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध लगायतको जोखिम पनि औंल्याएको छ। यसले पर्यटन र आन्तरिक मागलाई कम गर्ने राष्ट्र बैंकले जनाएको छ । 

    केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने विश्व बैंकले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार