images
images

दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकहरूले विशेष छुट पाउने

दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकहरूले विशेष छुट पाउने

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकहरूले विशेष छुट पाउने
    images
    images

    काठमाडौँ / सिटिजन्स बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि.बिच छुट सम्बन्धी सम्झौता भएको छ । ११.११ अभियानमा बैंकका कार्डवाहक ग्राहकहरूले छुट पाउने गरी मङ्गलबार दराज र सिटिजन्स बैंकबिच सम्झौता भएको हो । 

    सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । 

    त्यस्तै, क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुने बैंकले जनाएको । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरु बाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
      

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार