एभरेष्ट कलर बन्यो रङ्ग उद्योगमै आइपिओ जारी गर्ने पहिलो कम्पनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

एभरेष्ट कलर बन्यो रङ्ग उद्योगमै आइपिओ जारी गर्ने पहिलो कम्पनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • एभरेष्ट कलर बन्यो रङ्ग उद्योगमै आइपिओ जारी गर्ने पहिलो कम्पनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
    images
    images

    काठमाडौँ / एभरेष्ट कलर लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले नेपालमा नै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आइपिओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । 

    images
    images

    एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

    एभरेष्ट कलरद्वारा ३ करोड ९० लाख सेयर पूँजी बराबरको ५० रुपैयाँ अङ्कित दरको ७ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागिएकोे हो । उक्त कम्पनीलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले केयर एनपि बिबि रेटिङ्ग प्रदान गरेको छ । 

    २०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले अनुभवी युवाहरूद्वारा नेपाली बजारमा रङ्ग उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । 

    गुणस्तरीय कलर उत्पादन गरी आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृृजना गर्ने तथा आन्तरीक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने यस कम्पनीको प्रमुख उद्देश्य रहेको छ । 

    आईएसओ. ९००१ः२०१५ प्रमाणित यस कम्पनीले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि, गुण्स्तरीय कच्चा पदार्थ प्रयोग गरी नेपाली हावापानीमा सुहाउँदो रङ्ग उत्पादनको अनुसन्धान तथा विकास गरी गुणस्तरीय उत्पादन तथा सेवा मार्फत नेपाली रङ्गको बजारमा आफ्ना उत्पादनहरू उपभोक्ताहरूलाई प्रदान गरी रहेको छ ।

    कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक इमल्सन पेन्ट्स र प्राइमर, इनामेल पेन्ट्स, काठ र धातु प्राइमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुट्टीङ तथा औद्योगिक पेन्ट्सहरू आदि उत्पादन गर्दै आइरहेको छ । हाल यस कम्पनीद्वारा पूर्वमा फिदिमदेखि पश्चिममा धनगढीसम्म २०० भन्दा बढी व्यवसायिक साझेदारीहरूमार्फत आफ्ना उत्पादनहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com