सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरले प्रतिबन्धित औषधि बरामद गरेको छ ।
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते सशस्त्र प्रहरीले करिब ९४ हजार रुपैयाँ पर्न सक्ने प्रतिबन्धित औषधी बरामद जनाएको छ ।
भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी ल्याउँदै गरेको उल्लेखित रुपैयाँको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।
उक्त औषधी ल्याउने व्यक्ति भने फरार रहेका छन् ।