गरिमा क्यापिटलले पुस ७ गतेदेखि १ अर्ब बराबरको गरिमा समृद्धि योजना निष्काशन गर्ने

गरिमा क्यापिटलले पुस ७ गतेदेखि १ अर्ब बराबरको गरिमा समृद्धि योजना निष्काशन गर्ने

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • images
    images
    गरिमा क्यापिटलले पुस ७ गतेदेखि १ अर्ब बराबरको गरिमा समृद्धि योजना निष्काशन गर्ने

    गरिमा क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’ निष्काशन गर्ने भएको छ। क्यापिटलले आगामी पुस ७ गतेदेखि आफ्नो पहिलो म्युचुअल फण्ड निष्काशनमा ल्याउन लागेको हो।

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

    निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

    सो फण्डको इकाईका लागि पुस ७ गतेदेखि आवेदन दिन सकिनेछ। यो एक बन्दमुखी योजना हो। उक्त फण्डमा न्यूनतम् १०० इकाईका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

    गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म आवेदन म्याद थप गर्न सकिने कम्पनीले जनाएको छ। 

    बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। 

    न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु गरिनेछ।योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल क्यापिटल लिमिटेड रहेको छ।

    १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय