images
images

सेयर बजार : नेप्से परिसूचक २६३० बिन्दुमा खुम्चिदा कति भयो कारोबार ?, घट्दै बजार पुँजीकरण

सेयर बजार : नेप्से परिसूचक २६३० बिन्दुमा खुम्चिदा कति भयो कारोबार ?, घट्दै बजार पुँजीकरण

सोमवार, पुस १ २०८१
सोमवार, पुस १ २०८१
  • सेयर बजार : नेप्से परिसूचक २६३० बिन्दुमा खुम्चिदा कति भयो कारोबार ?, घट्दै बजार पुँजीकरण
    images
    images

    काठमाडौँ / आइतबारको बिदापछि सोमबार खुलेको सेयर बजार ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक ५१.३७ अङ्कले घटेर घटेर २ हजार ६ सय ३०.९१ बिन्दुमा पुगेको हो ।

    सोमबार सेन्सेटिभ इन्डेक्स ६.९३ अङ्कले घटेर ४ सय ५१.२८ बिन्दुमा पुगको छ । ३०४ धितोपत्रको कारोबार भएको बजारमा १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ताको खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
     
    सेयर मार्केट ओरालो लागेसँगै बजार पुँजीकरण रकम पनि खुम्चिएको छ । बजार पुँजीकरण रकम घटेर ४३ खर्ब ६३ अर्ब ८९ करोड रुपैयाँ कायम भएको हो ।

    सोमबार १३ ओटै उपसमूहको परिसूचकमा पहिरो गएको छ भने सर्वाधिक बढी वित्त समूहका लगानीकर्ताहरूले ४.४१ प्रतिशतले गुमाएका छन् । सबैभन्दा कम म्युचुअल फण्डको परिसूचक ०.९१ प्रतिशतले घटेको छ भने विकास बैंक, होटलस् तथा पर्यटन, हाइड्रो पावर, र व्यापार समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । 

    यो दिन कुथेली बुखारी स्मल हाइड्रो पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रतिकित्ता ३ सय रुपैयाँले बढेको यो कम्पनीको सेयर मूल्य ३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
    त्यस्तै, जोशी हाइड्रो पावरको सेयर मूल्य ९.४० प्रतिशत अर्थात ३८ रुपैयाँ ९० पैसाले बढेर ४५२ रुपैयाँ ९० पैसा पुगेको छ । 

    यसैगरी, जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.५८ प्रतिशतले घटेको छ । प्रतिकित्ता ८४ रुपैयाँ ९० पैसाले घटेर यो कम्पनीको सेयर मूल्य ८०१ रुपैयाँ कायम भएको हो । 

    यो दिनको कारोबार रकममा सर्वाधिक बढी हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रहेको छ । यो कम्पनीको आजको सेयर कारोबार रकम २६ करोड ४५ लाख ९० हजार रुपैयाँ नाघेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार