काठमाडौँ / बोटलर्स नेपाल तराई लिमिटेड पुस २६ गते ३८औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौँको लाजिम्पाटस्थित होटल र्याडिसनमा मध्यान्ह १२ बजे साधारण सभा बोलाएको हो ।
उक्त सभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावका साथै भने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गते सम्म कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।