images
images

नेप्से परिसूचक ५.६० अङ्कले घट्दा ४ अर्ब ३४ करोडको कारोबार, कसले कति गुमाए ?

नेप्से परिसूचक ५.६० अङ्कले घट्दा ४ अर्ब ३४ करोडको कारोबार, कसले कति गुमाए ?

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • नेप्से परिसूचक ५.६० अङ्कले घट्दा ४ अर्ब ३४ करोडको कारोबार, कसले कति गुमाए ?
    images
    images

    काठमाडौँ / बुधबार सेयर बजार परिसूचक नेप्से ५.६० अङ्कले घटेर २ हजार ६ सय २८.२६ विन्दुमा बन्द भएको छ । मङ्गलबार २.९५ अङ्कले बढेको बजारमा आज गिरावट आएको हो हो ।  

    नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । यस दिन कुल ४ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर खरिद-बिक्री हो । मङ्गलबार ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

    नेप्से परिसूचक ओरालो लागेसँगै बजार पुँजीकरण रकम घटेर ४३ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ । यो दिन ३१४ धितोपत्रको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४९ हजार ४२१ पटकमा कारोबार भएको हो । 

    बुधबार ८१ कम्पनीको सेयर मूल्य वृद्धि भएका छ भने १४९ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन १२ कम्पनीको सेयर मूल्य स्थिर छ । बुधबार उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

    यी कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा माथि पुगेको छ । त्यस्तै, मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.४४ प्रतिशत र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ८.११ प्रतिशतले बढेको छ । 

    यता, कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९० प्रतिशतले घटेर २ हजार ६ सय ७६ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । यसैगरी दोल्ती कम्पनी लिमिटेडको सेयर मूल्य ५.३३ प्रतिशतले घटेको छ । 

    यो दिन जानकी फाइनान्स कम्पनीको सेयर कारोबार रकम सबैभन्दा बढी छ । जानकी फाइनान्सको सेयर कारोबार रकम १५ करोेड ५९ लाख २३ हजार रुपैयाँ छ । 

    बुधबार कारोबारमा आएका उपसमूहमध्ये तीन ओटाको मात्रै परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । यो दिन सबैभन्दा बढी वित्त समूहको परिसूचक १.०७ प्रतिशतले बढको छ । लघुवित्त र व्यापारिक समूहको परिसूचक पनि सामान्य बढेको छ । 

    अन्य समूहको परिसूचकहरू भने १ प्रतिशतभन्दा कमले घटेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार