images
images

आज कोशी र गण्डकीमा आंशिक बदलीको सम्भावना, देशभरको तापक्रम कति ?

आज कोशी र गण्डकीमा आंशिक बदलीको सम्भावना, देशभरको तापक्रम कति ?

बिहिवार, पुस ४ २०८१
बिहिवार, पुस ४ २०८१
  • आज कोशी र गण्डकीमा आंशिक बदलीको सम्भावना, देशभरको तापक्रम कति ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    त्यस्तै, आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
    आज काठमाडौँको न्यूनतम तापक्रम ३ देखि ५ डिग्री सेल्सियस र अधिकतम ताप्रकम १८ देखि २० डिग्री सेल्सियस रहेको छ । 

    त्यस्तै, नेपालगञ्जको न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस र अधिकतम ताप्रकम २४ देखि २६ डिग्री सेल्सियस रहेको छ । 

    लुक्लाको न्यूनतम तापक्रम माइनस २ देखि माइनस शून्य डिग्री सेल्सियस र अधिकतम ताप्रकम १३ देखि १५ डिग्री सेल्सियस र जिरीको न्यूनतम तापक्रम २ देखि शून्य डिग्री सेल्सियस र अधिकतम ताप्रकम १६ देखि १८ डिग्री सेल्सियस रहने मौसमविद्ले जनाएको ।  

    त्यस्तै, जुम्लाको न्यूनतम तापक्रम माइनस ३ देखि माइनस ५ डिग्री सेल्सियस र अधिकतम ताप्रकम १९ देखि २१ डिग्री सेल्सियस भैरहवाको न्यूनतम तापक्रम माइनस ९ देखि माइनस ११ डिग्री सेल्सियस र अधिकतम ताप्रकम २५ देखि २७ डिग्री सेल्सियस

    धनकुटाको न्यूनतम तापक्रम ७ देखि ९ डिग्री सेल्सियस र अधिकतम ताप्रकम २२ देखि २४ डिग्री सेल्सियस रहनेछ भने विरेन्द्रनगर सुर्खेतको न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस र अधिकतम ताप्रकम २६ देखि २८ डिग्री सेल्सियस रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार