images
images

लगातार घटेको बजारमा लगानीकर्तालाई राहत, नेप्सेसँगै कारोेबार बढ्दा कसले कति कमाए ?

लगातार घटेको बजारमा लगानीकर्तालाई राहत, नेप्सेसँगै कारोेबार बढ्दा कसले कति कमाए ?

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • लगातार घटेको बजारमा लगानीकर्तालाई राहत, नेप्सेसँगै कारोेबार बढ्दा कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / गत साताको मङ्गलबारदेखि निरन्तर घटेको सेयर बजार बढेसँगै आज लगानीकर्ताले केही राहत पाएका छन् ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.९८ अङ्कले घटेर २६७७.३२ को बिन्दुमा झरेको बजार आज ६.५४ अङ्कले उकालो लागेको हो । यससँगै आज नेप्से परिसूचक २६८३.८६ बिन्दुमा पुगेको छ । 

    नेप्सेसँगै आज कारोबार रकमसमेत बढेको छ । सोमबार ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँ मात्रैको कारोबार भएकोमा आज सो रकम बढेर ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँ पुगेको हो । 

    आज कारोबार हुने कम्पनीको सङ्ख्या भने घटेको छ । सोमबार ३२२ ओटा कम्पनीको कारोबार भएकोमा आज घटेर २९९ मा सीमित भएको हो । 

    आज १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर खरिदबिक्री भएको हो । मङ्गलबार १३४ ओटा कम्पनीको सेयर मूल्य बढ्दा ९८ ओटाको भने घटेको छ ।

    त्यस्तै, सेयर मूल्य स्थिर हुने कम्पनी सङ्ख्या भने ११ कायम भएको छ । आज सेयर बजारमा १३ ओटा समूहमध्ये ५ ओटाको मात्रै सूचक बढेको छ । विकास बैंक र हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण बढेपछि आज बजार बढेको देखिन्छ । 

    विकास बैंकको परिसूचक २.४७ प्रतिशत, हाइड्रोपावर समूहको १.५७ प्रतिशतले बढेको छ भने लगानी समूह ०.४८ प्रतिशत, म्युचुअल फण्ड ०.५२ प्रतितशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.५२ प्रतिशतले बढेको छ । 
    यता, व्यापारिक समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

    यो समूहको परिसूचक १.०५ प्रतिशत, होटल तथा पर्यटन ०.४७ प्रतिशत, वित्त समूह ०.२९, जीवन बिमा ०.४३ प्रतिशत, बैंकिङ समूह ०.२० प्रतिशतले घटेका छन् भने अन्य समूहको सूचक पनि सामान्य घटेका छन् । 

    मङ्गलबार चार ओटा कम्पनीको परिसूचक सर्किट लेभलमा बढेको छ । सिकलेस हाइड्रो पावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर र गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । 

    यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ८.२९ प्रतिशतले घटेको छ । 

    मङ्गलबार सिइडिबी होल्डिङ्स् लिमिटेडकोे सेयर कारोबार रकम सर्वाधिक बढी ३६ करोड ८१ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार