images
images

सातौँ दिन पनि बढ्यो सेयर बजार : हिमालयन रिइन्स्योरेन्सको अर्बबढीको कारोबार, तर घट्यो रकम

सातौँ दिन पनि बढ्यो सेयर बजार : हिमालयन रिइन्स्योरेन्सको अर्बबढीको कारोबार, तर घट्यो रकम

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    सातौँ दिन पनि बढ्यो सेयर बजार : हिमालयन रिइन्स्योरेन्सको अर्बबढीको कारोबार, तर घट्यो रकम
    images
    images

    काठमाडौँ / मङ्गलबार पनि सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) उकालो लागेको छ । सोमबार ३.३५ अङ्कले बढेको बजार आज थप ७.१३ अङ्कले बढेर २७६५.८८ बिन्दुमा उक्लिएको हो । 

    images
    images

    सेयर बजार बढ्दा कारोबार रकम भने घटेको छ । १०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार ३१२ धितोपत्रको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर खरिद बिक्री भएको छ । 

    आज कारोबार रकम भने घटेको छ । सोमबार ११ अर्ब ८ करोड ५४ दाख ६४ हजार रुपैयाँको कारोबार भएकोमा आज सो रकम खुम्चिएर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजारमा सीमित भएको हो । नेप्से उकालो लागेको सातौँ दिन आज बजार पुँजीकरण रकमसमेत बढेर ४५ खर्ब ९१ अर्ब ५८ करोड नाघेको छ ।

    मङ्गलबार ७ वटा समूहको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ । आज पनि सबैभन्दा बढी अन्य समूहको परिसूचक २.९० प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, जीवन बिमा ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशत, बैंकिङ समूह ०.०२ प्रतिशत, लगानी ०.७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१८ प्रतिशत र अन्य समूहको परिसूचक २.९० प्रतिशतले बढेको छ । 

    आज सबैभन्दा बढी गुमाउनेमा व्यापारिक समूह छ । यो समूहको परिसूचक २.५१ प्रतिशतले घट्दा, वित्त समूह ०.७१ प्रतिशत, विकास बैंक ०.१२ प्रतिशत, निर्जीबन बिमा समूह ०.२८ प्रतिशत, लघुवित्त ०.१५ प्रतिशतले घट्दा हाइड्रोपावरको परिसूचक भने सामान्य घटेको छ । 

    मङ्गलबार पनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । १० प्रतिशतले बढेर यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४४ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, नेपाल ल्युव ओयल लिमिटेडको  ९.९७ प्रतिशत, सर्पोट माइक्रोफाइनान्स ८.९६ प्रतिशत, भूगोल इनर्जी डेभलपमेन्टको ८.४१ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.२८ प्रतिशतले बढेको छ । 

    यता, विन नेपाल लघुवित्तको लगानीकर्ताले पनि आज सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ८.९७ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोपावर ६ं६८ प्रतिशतले घटेको छ । 

    कारोबार रकममा पुनर्बीमा कम्पनीहरू आज पनि शीर्ष स्थानमा छन् । हिमालयन रिइन्स्योरेन्स सबैभन्दा धेरै १ अर्ब २ करोड ६२ लाखको कारोबार भई शीर्ष स्थानमा छ ।

    यसैगरी, नेपाल पुनर्बीमाको ८३ करोड ३ लाखको कारोबार भएको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार