images
images

स्याल बौलायो भने सहरतिर पस्छ रे, सरकारको पारा त्यस्तै छ : अध्यक्ष केसी

स्याल बौलायो भने सहरतिर पस्छ रे, सरकारको पारा त्यस्तै छ : अध्यक्ष केसी

आइतवार, चैत ३ २०८१
आइतवार, चैत ३ २०८१
  • images
    images
    स्याल बौलायो भने सहरतिर पस्छ रे, सरकारको पारा त्यस्तै छ : अध्यक्ष केसी
    images
    images

    काठमाडौँ / राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले सरकारले पूर्व विशिष्टहरूलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेकोप्रति आपत्ति जनाएका छन् । 

    images
    images

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुलुकको कमजोर आर्थिक अवस्था हुँदाहुँदै यसरी सेवा सुविधा थप गर्नु उपयुक्त नभएको भन्दै सरकारलाई यसमा गम्भीर भएर सोच्न आग्रह गरे । 

    उनले भने, “मुलुकको यस्तो आर्थिक अवस्था देख्दादेख्दै, लाखौँ बेरोजगार नेपाली विदेशको गल्ली भौतारिदा यस्तो बेला सरकारले पूर्वविशिष्टहरूलाई कानुनी व्यवस्था गरेर सेवा सुविधा दिने व्यवस्था गरिरहेको छ । यो के गरेको ? स्याल बौलायो भने सहरतिर पस्छ भन्ने उखान छ, त्यस्तै भयो । यसमा सरकार गम्भीर होस् । यतातिर सरकार अगाडि नबढोस् । जनताको यत्रो आक्रोश सरकार र व्यवस्थामाथि नै भइरहेको बेला यो गर्नु ठिक होइन ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार