काठमाडौं/ केशव पाण्डेको डेब्यू निर्देशन रहेको फिल्म ‘११ : ५५ डुन नट ट्रस्ट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार कमलपोखरीस्थित फिल्म हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार नायक महेश त्रिपाठी, नायिका सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, डेब्यू नायक सागर खनाललाई स्थान दिइएको छ । फिल्ममा कलाकार बुद्धि तामाङ, विशाल पहारी र एमएस अग्रजलगायतको अभिनय रहेको छ ।
ट्रेलरले फिल्ममा लभ, रोमान्स, धोका, एक्सन र रहस्यका खुराकहरुको संकेत गरेको छ । ट्रेलरमा सृष्टिलाई प्रेमिल र रौद्र चरित्रमा देख्न सकिन्छ । महेश भने युवा व्यवसायीको भूमिकामा देखिन्छन् ।
निर्माण पक्षका अनुसार क्राइम थ्रिलर जनरामा बनेको यस फिल्ममा शहरको धोका, जालझेल र आफ्नो स्वास्थ पूर्तिका लागि जस्तो सुकै कदम चाल्न सक्ने प्रवृतिका भएका पात्रहरुको कथा छ ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन् ।