images
images

शुक्रबारको राशिफल : कसका लागि आजको दिन कति शुभ छ ? हेर्नुस्

शुक्रबारको राशिफल : कसका लागि आजको दिन कति शुभ छ ? हेर्नुस्

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • शुक्रबारको राशिफल : कसका लागि आजको दिन कति शुभ छ ? हेर्नुस्
    images
    images

    आज विक्रम संवत २०८१ साल चैत्र ८ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ मार्च २१ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । सप्तमी तिथि, रातको १२ बजेर १२ मिनेट उप्रान्त अष्टमी । ज्येष्ठा नक्षत्र, बेलुकी १० बजेर ७ मिनेट उप्रान्त मूल। चन्द्रराशि वृश्चिक। 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    कार्यक्षेत्रमा तटस्थ भएर कार्य गर्नुहोला। नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोस् सफलता मिल्नेछ। सानातिना काममा अल्झिदा महत्त्वपूर्ण काम छुट्नेछ । यद्यपि, प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ । गोपनीयता ख्याल गर्नुहोला । मेहनत गर्दा दिगो फाइदा हुने काम बन्नेछ भने समस्याहरू सुल्झाउन सकिनेछ । सवारी साधनको प्रयोग गर्दा र बाटो हिड्दा ध्यान दिनुहोला । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पेशा व्यवसायबाट सामान्य लाभ उठाउन सकिनेछ । परिस्थिति अनकूल छ । परिवारको सहयोगले आशा जगाउनेछ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ । नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रएको काम बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। पेसा व्यवसायबाट सामान्य लाभ मिल्नेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा अरुको विश्वास नगर्नुहोस् । परिवारका लागि धन खर्च हुनेछ। सवारी साधन चलाउँदा ध्यान राख्नुहोला। व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । रोकिएको काम बन्नेछ । प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ । मेहनतले राम्रो प्रतिफल दिलाउनेछ । व्यापार व्यवसायबाट फाइदा हुने समय छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    व्यापार व्यवसाय फस्टाउने भएकोले मनग्य लाभ लिन सकिनेछ । उपहार प्राप्तिको योग छ । विवादमा अघि नसर्नुहोस् । अग्रजहरूको सुझाव सल्लाहलाई बेवास्ता नगर्नुहोस् । अरुका लागि बुद्धि र श्रम खर्च हुनेछ । फाइदाको लोभले समस्या निम्त्याउनेछ । अवसर आए पनि नयाँ काम सुरु गर्नुअघि राम्रोसँग सोचविचार गर्नुहोस् । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेका कामले आशा जगाउनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार व्यवसायमा सोचविचार गरेर बोल्नुहोला । ठेकापट्टाको काममा सफलता मिल्नेछ। नयाँ काम सुरु गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । काम बिग्रिने भय रहनेछ । कृषि, पशुपालन तथा घरेलु काममा समय बित्नेछ । दोहोर्याएर गरेको काम बन्नेछ । लगानशीलताले प्रतिष्ठा दिलाउनेछ । प्रयत्न गर्दा विश्वास नलागेको काम बन्नेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    दाजुभाईको सहयोगले परिणाममूखि काम गर्न सकिनेछ । कार्यक्षेत्रमा नयाँ कार्यहरू सिद्ध हुनेछन्। छोटो तथा रमाइलो यात्रा हुनेछ । योजना अनुसार सुरु गरेको काममा सफलता मिल्नेछ । महेनतको फल प्राप्त हुने समय छ । भौतिक साधन जुट्नेछ । दिगो फाइदा हुने योजना प्रारम्भ हुनेछ । व्यापार व्यवसायबाट मनग्य धन लाभ हुनेछ । सेवामूलक कामबाट पनि फाइदा हुनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    उत्पादनमूलक काम गर्न सकिनेछ । मनोरञ्जनको क्षेत्रमा गरिएको लगानीबाट नाम तथा दाम दुबै कमाउन सकिनेछ । व्यापार व्यवसायमा महत्त्वपूर्ण काम थाँती राख्नुभन्दा सम्पन्न गर्नुहोस् । अरुको भर पर्दा महत्त्वपूर्ण काम छुट्न सक्छ । हात परेको रकम खर्च हुनेछ । परिस्थिति सबल भए पनि अरुलाई दिएको वचन नसक्दा आलोचित भइनेछ । बुद्धिको उपयोगले चुनौतिपूर्ण काम सम्पन्न हुनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    समयमा महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ। महेनतले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । आकर्षक पहिरनले अरुलाई आकर्षित गर्न सकिनेछ । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। दोहोर्याएर प्रयत्न गर्दा बिग्रिएको काम बन्नेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    समय अनुकूल रहेको छ भने विदेशी सामान, स्वास्थ्य सामाग्री तथा औषधिजन्य व्यापारबाट मनग्य लाभ मिल्नेछ । लामो दुरीको यात्राको सम्भावना छ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरि आम्दानी गर्न सकिनेछ । खर्च लागे पनि लगानी बढाउने अवसर छ । दिगो योजनाको लागि कर्जा लिने समय छ । अवसरको खोजीमा दौडधूप गर्नुपर्ला । कर्जा बढे पनि धन आर्जन हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    सञ्चित धनमा वृद्धि हुनुको साथै आयआर्जनका स्रोतहरू बढ्नेछन्। व्यापार व्यवसायमा लगानी गरी आम्दानी बृद्धि गर्न सकिनेछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरूबाट लाभ मिल्नेछ । इच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय छ । रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । उद्योग र व्यापारमा फड्को मार्न सकिनेछ।  

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    चिताएको कार्य समयमा सम्पादन हुनाले मन उत्साहित रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यवसाय फस्टाउनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नोकरीमा स्थानान्तरणको सम्भावना छ । तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ।   

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    लामो दुरीको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकीय व्यवसाय फस्टाएर जानेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ। साहसिक कार्य गर्ने समय छ। चुनौतिपूर्ण काम सम्पादन हुने समय छ । आफ्नो सोचलाई नयाँ दृष्टिकोण दिनुहोस् सफलता मिल्नेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। दाम, नाम र इनाम प्राप्त हुनेछ। अवसर तथा सफलताले पछ्याउनेछन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार