images
images

भिमकान्तको लोभ्याउदो गोलभेँडा खेती, वार्षिक १२ लाखसम्म बचत

भिमकान्तको लोभ्याउदो गोलभेँडा खेती, वार्षिक १२ लाखसम्म बचत

शुक्रवार, चैत ८ २०८१
शुक्रवार, चैत ८ २०८१
  • भिमकान्तको लोभ्याउदो गोलभेँडा खेती, वार्षिक १२ लाखसम्म बचत
    images
    images

    दाङ / घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाई गोलभेँडा खेती गरी आर्थिक रूपमा सक्षम र सफल बनेका छन् ।  पाँच विगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिक १० देखि १२ लाख रुपैयाँ बचत गर्न सकेको उनी सुनाउँछन् ।

    व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रूपमा चिनिन सफल चापागाईँको गोलभेँडा खेती यो क्षेत्रकै नमूना पनि बनेको छ, जसले उपभोक्ता मात्र नभई देख्नेजति सबैलाई लोभ्याउने गर्दछ ।उनको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकेका छन्, केही पाक्ने तयारीमा छन् । 

    त्यही गोलभेँडा खेतीले उनलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रूपमा स्थापित गर्न उनले धेरै मेहेनत पनि गरे ।

    विस २०७५ मा ४ लाखको लगानीमा अरूको जमिन भाडामा लिएर खेती सुरू गरेको बताउने चापागाई अहिलेसम्म करिब २० लाखको हाराहारीमा लगानी गरेको बताउछन् । उनले जमिन भाडामा लिएर उन्नत जातका गोलभेँडाका साथै विभिन्न जातका बेमौसमी तरकारी खेतीसमेत गरिरहेका छन् । 

    वार्षिक प्रतिकठ्ठा तीन हजारका दरले जमिनको भाडा तिर्नुपर्ने र छ जनाले प्रत्यक्ष रोजगारी पनि पाएको बताउँदै सबै खर्च कटाएर बार्षिक १२ लाखसम्म बचत गर्न सकेको उनको भनाई छ ।

    उनको यो काममा उनकी श्रीमतीले सघाउछिन् भने दुई छोरा कामका सिलसिलमा बाहिरी जिल्लामा । एक वर्षमा गोलभेँडा खेतीबाटै यति कमाई गर्न सक्नु सामान्य नभएको र आफ्नो व्यावसायबाट सन्तुष्ट  र खुशी भएको उनको भनाई छ । 

    बर्दियाको गेरूवा गाउँपालिका–३ पर्सेनीमा स्थायी घर भएका उनको खेतीयोग्य जमिन पनि छ । पर्याप्त मात्रामा सिचाईंको सुविधा पुगेको छ तर बजार अभाव र तरकारी खेतीका लागि आवश्यक पर्ने तापक्रमका कारण आफू खेती गर्नका लागि यहाँ आएको बताउँछन् उनी । 

    दाङमा  धेरै नजिकका आफन्त रहेका र आफन्तहरूले गरेको गोलभेँडा तथा तरकारी खेती देखेपछि आफू यस खेतीतर्फ आकर्षित भई सुरूवात गरेको बताउने उनी सुरूमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाडामा लिएर खेती सुरु गरेका थिए ।

    पछि खेतीका लागि आवश्यक जमिन अपुग भएर विगत पाँच वर्षदेखि यस ठाउँमा खेती सुरू गरेको हुँ उनले अन्य जातका तरकारी भन्दा गोलभेँडा खेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने भएकाले आम्दानी लिन पनि सजिलो हुने भएकाले गोलभेँडा खेती गरेको बताए । 

    चापागाईले गोलभेँडासहित काँक्रो, खुर्सानी, बोडी, सिमी लगायतका तरकारी पनि लगाएका छन् । उत्पादन भएको तरकारी लिन फार्ममै थोक व्यापारीहरू पुग्ने गरेका छन् । अहिले टमाटरको सिजन भएकाले प्रतिकेजी रू ३० मा बिक्री गर्नु परेकोप्रति उनी  दुःखी छन्, यसअघि गोलभेँडा प्रतिकेजी रू ९० देखि १०० सम्म बिक्री हुने गरेको थियो । 

    उनको बारीको गोलभेँडा दाङका विभिन्न बजार, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका शहरमा जाने गरेको छ । कृषिप्रधान देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको चापागाईको गुनासो छ ।

    कृषिमा देशको अर्थतन्त्रको ठूलो योगदान रहेको भए पनि पछिल्लो समयमा कृषि उत्पादन अथवा कृषिजन्य वस्तुहरू बाहिरबाट आयात गर्नु दुःखद भएको चापागाईं बताउँछन् । नेपालमा तरकारी तथा कृषिजन्य उत्पादनहरू आयात गर्ने कामलाई निरूत्साहित गर्नुपर्ने उनको सुझाव छ । 

    राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने, यस क्षेत्रका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा उनले जोड दिए । देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशिने युवालाई लक्षित गरेर स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनुतर्फ सोच्नुपर्ने उनले बताए ।

    आफ्नै माटोमा पसिना र पौरख पोख्न सके सुन फल्छ भन्दै चापागाईं बर्सेनि कामका लागि विदेशिने युवालाई आफ्नै माटोमा पसिना पोख्न सुझाउछन्नु । ‘हाम्रो धर्ती मलिलो छ, यहीँ रोपौँ जे पनि फल्छ, कामका लागि विदेशिनु पर्दैन ।’

    सरकारले खेती किसान गर्ने मानिसलाई वातावरण निर्माण गरिदिन, आवश्यक ऋण सकेसम्म सस्तोमा दिन र उत्पादित वस्तुको बजार सुनिश्चित गरिदिन चापागाईले सरकारसँग आग्रह गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार