images
images

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक
    images
    images

    काठमाडौँ / सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको छ ।  आइतबार एक विशेष कार्यक्रमकाबिच जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको हो ।

    उक्त आगमन पछि शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जातियाले भने, “हामी जेइटिइलाई पुनः नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ । नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरयुक्त, नवीन स्मार्टफोनहरू उपलब्ध गराउँदै, उत्कृष्ट प्रदर्शन प्रदान गर्ने हाम्रो लक्ष्य छ । जेइटिइसँगको हाम्रो साझेदारीले नेपालको मोबाइल उद्योगमा नयाँ अध्याय सुरु गरेको छ, र हामी आधुनिक प्रविधिहरू उपलब्ध गराउन प्रतिबद्ध छौं, जसले डिजिटल अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ ।”

    कम्पनीले आफ्नो नयाँ राष्ट्रिय वितरक शंकर ग्रुप मार्फत ब्लेड ए र नुबिया सिरिजका अत्याधुनिक तथा किफायती स्मार्टफोनहरू सार्वजनिक गरेको हो । यी स्मार्टफोनहरू नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन र किफायती मूल्य संयोजन गर्दै नेपाली उपभोक्ताहरूका लागि उपलब्ध गराइने छन् ।

    जेडटिइ नेपालका लागि कुनै नौलो नाम होइन । कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचिसकेको कम्पनीले सन् २०१६ मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्टफोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो । 
    यस पटक जेडटिइ ब्लेड ए र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको हो । जसअन्तर्गत जेडटिइ ब्लेड ए ७५ ले ९० हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

    त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफीसहित नुबिया भि७० म्याक्स ल्याएको छ । साथै जेडटिइ ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए५५, र नुबिया भि७०डिजाइन जस्ता शक्तिशाली स्मार्टफोनहरू पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गराएको छ ।

    यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बन्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार