images
images

हुन्डाई नेपालद्वारा ‘चुज योर फ्युचर’ अभियानसहित क्रेटा इभि र मेड इन नेपाल क्रेटा आइसिई सार्वजनिक, मूल्य कति ? केके छन् विशेषता ?

हुन्डाई नेपालद्वारा ‘चुज योर फ्युचर’ अभियानसहित क्रेटा इभि र मेड इन नेपाल क्रेटा आइसिई सार्वजनिक, मूल्य कति ? केके छन् विशेषता ?

सोमवार, चैत ११ २०८१
सोमवार, चैत ११ २०८१
  • हुन्डाई नेपालद्वारा ‘चुज योर फ्युचर’ अभियानसहित क्रेटा इभि र मेड इन नेपाल क्रेटा आइसिई सार्वजनिक, मूल्य कति ? केके छन् विशेषता ?
    images
    images

    काठमाडौँ / हुन्डाई गाडिको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले क्रेटा इभि र क्रेटा आइसिई (मेड इन नेपाल) सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक समोरोहबिच कम्पनीले ‘चुज योर फ्युचर’को थमिसहित ग्राहकहरूको आवश्यकता र गतिशिलताअनुसार क्रेटा इलेक्ट्रिक र आइसिई दुबै मोडल सार्वजनिक गरेको हो । 

    कम्पनीले क्रेटा इभिको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आइसिई (मेड इन नेपाल)को मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकेको छ । २०२५ मा आयात गरिएको आइसिई मोडलहरूको मूल्यमा तुलना गर्दा यसको मूल्य ९ लाख रुपैयाँ कम रहेको कम्पनीले जनाएको छ । 

    कायक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङको उपस्थिति थियो । 

    हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो। गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले १०००० भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ।

    हुन्डाई नेपालले ecosystem development मा पनि अगाडि बढ्‌दै नयाँ पहिचानको चारजिङ नेटवर्क "Re-Lax" मार्फत DC चारजर नेटवर्क निर्माण गरिरहेको छ, जसमा repair shops पनि समाहित हुनेछन्, जसले चारजिङ convenience लाई अझ प्रभावकारी बनाउनेछ। साथै, ब्याट्री recycling र residual value management को लागि Attero India सँग सहकार्य गर्दै sustainability मा ध्यान दिइएको छ, जसको फाइदा ग्राहकले पाउनेछन् ।

    क्रेटा EV का विशेषताहरू

    २००mm ground clearance र १७ डिग्री भन्दा बढी breakover angle (segment मा सबैभन्दा उच्च), जसले mild off-road मा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ। ११kW AC charging- (segment मा मात्र उपलब्ध) जसले household wall-mounted charger बाट मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ।

    Spare tire availability, जब कि धेरै प्रतिस्पर्धी ब्रान्डहरूले केवल repair kit मात्र उपलब्ध गराउँछन् । Advanced safety features, जस्तै ADAS, ६ airbags, र 360-degree camera, जसले अधिकतम safety र convenience सुनिश्चित गर्दछ।

    हुन्डाई नेपाल ले क्रेटा EV का लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा ICE का लागि ३ वर्षको vehicle वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई long-term reliability प्रदान गर्नेछ। बिगत एक दशकभन्दा बढी समयदेखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले उत्कृष्ट सेवा र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता राख्दै आएको बताउँदै आएको छ । 

    प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रिसेल भ्यालु र उत्कृष्ट बिक्रीपछिको सेवाका कारण हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाईमा रहदै आएको छ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार