चर्चित समाचार
  • अरुण–३ जलविद्युत आयोजनाको अवरोध हटाउन इप्पानको माग, ‘विदेशी लगानी निरुत्साहित नगर्न सुझाव’

    अरुण–३ जलविद्युत आयोजनाको अवरोध हटाउन इप्पानको माग, ‘विदेशी लगानी निरुत्साहित नगर्न सुझाव’

    शुक्रवार, असोज ५ २०८०
    शुक्रवार, असोज ५ २०८०
  • अरुण–३ जलविद्युत आयोजनाको अवरोध हटाउन इप्पानको माग, ‘विदेशी लगानी निरुत्साहित नगर्न सुझाव’

    काठमाडौँ / स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अरुण–३ जलविद्युत आयोजनामा भएको अवरोधका हटाउन सरकारसँग माग गरेको छ ।

    बिहीबार इप्पानका महासचिव बलराम खतिवडाले विज्ञप्ति जारी गर्दै  संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने भन्दै चिन्तित बनाएको बताएका छन् ।

    इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयले स्थानीयसँग मध्यस्थता वार्ता गरेर  निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गरेको छ । 

    इप्पानले भनेको छ, 'विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा स्मरण गराउन चाहन्छौ । अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले द्रुत गतिमा कामअघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको छ ।'

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार