images
images

भिजन लुम्बिनीको आइपीओ मंसिर ५ गते बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

भिजन लुम्बिनीको आइपीओ मंसिर ५ गते बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • भिजन लुम्बिनीको आइपीओ मंसिर ५ गते बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?
    images
    images

    काठमाडौँ / भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार मंसिर ५ गते बाँडफाँट हुने जनाएको हो ।

    आइपीओमा अन्तिम दिनसम्म १ अर्ब २५ करोड ७६ लाख १६ हजार रुपैयाँ संकलन भएको थियो । कात्तिक २० गतेसम्म ११ लाख ९४ हजार ८२० जनाले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए ।

    माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा २ लाख ७ हजार ५२८ जनाले १०।१० कित्ता दरले सेयर हात पार्नेछन् । सोहि मध्येका पाँच जनाले भने थप १।१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

    कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो । यसअघि कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार