images
images

असोज मसान्तसम्म नेपाल लाइफद्वारा ६९ अर्ब ६२ करोड दावी भुक्तानी

असोज मसान्तसम्म नेपाल लाइफद्वारा ६९ अर्ब ६२ करोड दावी भुक्तानी

शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • images
    images
    असोज मसान्तसम्म नेपाल लाइफद्वारा ६९ अर्ब ६२ करोड दावी भुक्तानी

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्त सम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँको दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्ब र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्ब दावी भुक्तानी गरेको जनाएको छ ।

    images
    images

    नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने कम्पनीले २०८० असोज मसान्त सम्ममा १३ हजार ५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ । कम्पनीले कन्भेन्सनल प्लान अन्तर्गत ११ हजार १७७ जना लाई ३ अर्व ७१ करोड र बैदेशिक रोजगारी तर्फ २ हजार ३३५ जनालाई १ अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ ।

    कम्पनीले आफ्नो दावी प्रक्रियालाई एकदम सहज बनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तानी गर्न तत्पर रहेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी पÞmर्छ्रयौट भई सकेको कम्पनीले जनाएको छ । सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानीे ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ ।

    कम्पनीले यस अवधिमा ४६ प्रतिशत मृत्यु दावी भुक्तानी तीन दिन भित्र गरेको छ । यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कुरा कम्पनीले जनाएको छ ।

    दावी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेबसाईटमा समेत सूचना सम्प्रेषण गरेको छ । दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दावी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनी आवहान गर्दछ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्युनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कुरा कम्पनीले जनाएको छ ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् । आर्थिक वर्ष २०७९/८० मा ९९.१३ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गरेको थियो ।

    प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको र सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत पराजुलीले व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार