images
images

बढ्यो घरजग्गा कारोबार : यो वर्षकै सबभन्दा धेरै किनबेच, अर्थतन्त्रमा सुधार देखिएको हो ?

बढ्यो घरजग्गा कारोबार : यो वर्षकै सबभन्दा धेरै किनबेच, अर्थतन्त्रमा सुधार देखिएको हो ?

सरकार र राष्ट्र बैंकले नीतिगत रुपमा सहज बनाएसंगै घरजग्गा कारोबारमा सुधारका सङ्केत देखिन थालेको छ ।

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • बढ्यो घरजग्गा कारोबार : यो वर्षकै सबभन्दा धेरै किनबेच, अर्थतन्त्रमा सुधार देखिएको हो ?

    काठमाडौँ / पछिल्लो समयमा देशभर घरजग्गाको कारोबार बढ्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकको अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को पुष महिनामा ४५ हजार २७७ वटा जग्गाको कारोबार भएको छ । जुन ६ महिनाकै उच्च कारोबार हो ।

    images
    images

    सरकारले भू–उपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुकुलो गरेसंगै घरजग्गाको कारोबारमा सुधार आएको छ । चालु आर्थिक बर्षको मंसिरमा ४१ हजार ८५१ संख्यामा घर जग्गाका लिखत पारित भएको थियो । यस्तै, पुस महिनामा अपार्टमेन्टको लिखित पारित २८ वटा भएको छ, मंसिर महिनामा यस्तो संख्या जम्मा २२ वटा मात्रै रहेको थियो । 

    सरकार र राष्ट्र बैंकले नीतिगत रुपमा सहज बनाएसंगै घरजग्गा कारोबारमा सुधारका सङ्केत देखिन थालेको व्यवसायीले बताएका छन् । कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो । 

    घरजग्ग्गा कारोबार बढाउन सरकारले गत वैशाखमा जग्गाको कित्ताकाट खोलेको थियो भने राष्ट्र बैंकले गत मंसिरमा घरजग्गा कर्जाको जोखिम भार घटाएको थियो । 

    जग्गा तथा आवास विकास महासंघका (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीका अनुसार पुषमा देशभरको मालपोत कार्यालयबाट सबैभन्दा धेरै कारोबार भएपनि व्यवसायीहरुले अपेक्षा गरेअनुसार कारोबार बढ्न नसकेको बताएका छन् । घरजग्गा कारोबार उच्च हुने महिना पुसमै निराशाजनक कारोबार भएको उनले बताए । 

    “पछिल्लो समय व्यवहार मिलाउन व्यवसायीले ऋण लिएका व्यक्तिलाई जग्गा नै बुझाएकाले पनि कारोबार बढेको देखिएको छ”, उनले भने, “पुसमा ६ महिनाकै उच्च कारोबार भएपनि बजारमा अझै पनि मानिसहरूले लगानी गर्ने विश्वासको वातावरण भने सिर्जन हुन भने सकेको छैन ।”

    घरजग्गा कारोबार सोचेअनुरूप अझै पनि बढ्न नसकेको उनी बताउछन् । ‘कित्ताकाट खुल्नुभन्दा अघिको तुलनामा घरजग्गा कारोबारमा १०/२० प्रतिशतले वृद्धि भएको देखिएको छ’, लोहनीले भने, ‘तुलनात्मक रूपमा पहिलाको भन्दा सुधार हुन थालेको भन्न सकिन्छ । त्यसबाट हुने राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’  सरकारले कित्ताकाट खुला गर्नुका सबै उद्देश्य पूरा नभए पनि ती उद्देश्य पूरा हुने क्रम शुरू भएको उनको दाबी छ ।

    घरजग्गा क्षेत्रमा लामो समयदेखि एक किसिमको मन्दी चलिरहेको छ । पुस महिनाको कारोबारले घरजग्गा क्षेत्र लयम फर्किएको होकि भन्ने बुझाइ व्यवसायीहरूको छ ।

    कारोबारसंगै बढ्यो राजस्व संकलन पनि 

    देशभरको मालपोत कार्यालयबाट घरजग्गा किनबेच बढेसँगै राजस्व पनि बृद्धि भएको छ । पुषमा देशभरको मालपोत कार्यालयबाट ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो मंसिरको तुलनामा ११.८३ प्रतिशतले बढि हो । मंसिरमा देशभरको मालपोत कार्यालयहरूले २ अर्ब ८६ करोड ६० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

    गत आर्थिक बर्षको सोहि अवधीमा ३ अर्ब ७१ करोड ५९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यसरी विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक बर्षको मंसिर महिनाको तुलनामा राजस्व संकलन बढेको देखिएपनि गत आर्थिक बर्षको पुस महिनाका तुलनामा भने १३.७४ प्रतिशतले घटेको देखिएको छ । 

    सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

    पुसमा सरकारले सेवाकरवापत २६ करोड २० लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब १२ करोड १२ लाख ४९ हजार रुपैयाँ कर उठाएको छ । देशभरका मालपोत कार्यालयहरुले पुसमा पुँजीगत लाभरवापत १ अर्ब १० करोड ९ लाख ४० हजार रुपैयाँ र अन्य विभिन्न सेवा वापत २७ करोड ९० लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    यस्तै, आर्थिक बर्ष २०७८/७९ को पुस महिनासम्ममा ६ अर्ब ७० करोड ४२ लाख ५० हजार रुपैयाँ र आर्थिक बर्ष २०७७/७८ को पुससम्ममा ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । 

    यस्तै, विभागको तथ्याङ्क अनुसार यो महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्ने मालपोतमा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर पहिलो नम्बरमा आएको छ । यो कार्यलयबाट यो महिना २५ करोड १५ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

    त्यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर र मालपोत कार्यालय चावहिलमा समान २१ करोड रुपैयाँ राजस्व संकल हुदाँ मालपोत कार्यालय कलंकीबाट १९ करोड राजस्व संकल भएको विभागको तथ्यांक रहेको छ । 

    त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट १४ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको छ भने मालपोत कार्यालय काभ्रेपलान्चोक र मालपोत कार्यालय कास्कीबाट क्रमशः ११ करोड ९० लाख र ११ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    कुन महिना कति राजस्व संकलन ?

    विभागका अनुसार चालु आवको ६ महिनामा मध्ये असोज महिनामा सबैभन्दा धेरै राजस्व संकलन भएको हो । असोजपछि दोस्रो धेरै राजस्व संकलन पौष महिनामा भएको छ । पौषमा ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन हुँदा मसिंर महिनामा २ अर्ब ८६ करोड ५० लाख रुपैयाँ संकलन भएको थियो । 

    त्यसैगरी, साउन, भदौ, असोज र कार्तिक महिनामा क्रमशः २ अर्ब ९१ करोड ४ लाख, ३ अर्ब ४ करोड ६० लाख, ४ अर्ब ८ करोड ६६ लाख र २ अर्ब १६ करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार