चर्चित समाचार
  • पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भाउ बढ्यो, अब कति पुग्यो ?

    पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भाउ बढ्यो, अब कति पुग्यो ?

    बिहिवार, माघ १८ २०८०
    बिहिवार, माघ १८ २०८०
  • पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको भाउ बढ्यो, अब कति पुग्यो ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
     
    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु चार, डिजेल-मट्टितेलमा रु दुई र एलपी ग्यासमा रु १५ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

    अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य रु १७०, डिजेल, मट्टितेलको मूल्य रु १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य रु एक हजार ९१० कायम भएको छ ।

    notice.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार