चर्चित समाचार
  • कोशी प्रदेशमा किवी खेती गर्ने ५६ प्रतिशत किसानले मात्रै गरे व्यवसाय दर्ता, माटो परीक्षण गरी खेती गर्ने २९.९ प्रतिशत

    कोशी प्रदेशमा किवी खेती गर्ने ५६ प्रतिशत किसानले मात्रै गरे व्यवसाय दर्ता, माटो परीक्षण गरी खेती गर्ने २९.९ प्रतिशत

    सोमवार, माघ २२ २०८०
    सोमवार, माघ २२ २०८०
  • कोशी प्रदेशमा किवी खेती गर्ने ५६ प्रतिशत किसानले मात्रै गरे व्यवसाय दर्ता, माटो परीक्षण गरी खेती गर्ने २९.९ प्रतिशत

    काठमाडौँ / कोशी प्रदेशका किवी खेतीमा संलग्न किसानमध्ये ५६ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरेको अध्ययनले देखाएको छ । 

    नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना र चुनौतीका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनले ५६ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरेको देखाएको हो । 

    उक्त अध्ययन अनुसार माटो परीक्षण गरी किवी खेती प्रारम्भ गर्ने किसानको संख्या २९.९ प्रतिशत छ । बहुसंख्यक किसानहरुले माटो परीक्षण नगरी व्यवसाय गरेको पाइएको उल्लेख छ । 

    कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौतीहरु विषयमा गरिएको सो अध्ययनको लागि नमुनाको रूपमा छनोट गरिएका इलाम, पाँचथर, धनकुटा र सोलुखुम्बु जिल्लाका कुल १४४ जना नमुना कृषकहरुको किवी फर्मको स्थलगत भ्रमण गरी प्रत्यक्ष मौखिक वार्तामार्फत किवी खेतीको अध्ययन गरिएको थियो । 

    अध्ययन क्षेत्रका किवी किसानहरुमध्ये ५ देखि १० वर्षको अवधिदेखि किवी खेतीमा संलग्न किसानको संख्या सबैभन्दा धेरै ५८.३ प्रतिशत रहेको पाइयो भने १० देखि १५ वर्षको अवधिदेखि यस व्यवसायमा संलग्न किसान सबैभन्दा कम १९.५ प्रतिशत रहेको पाइएको छ ।

    सर्वेक्षणमा सहभागी किवी किसानहरुमध्ये ४२.४ प्रतिशत किसानहरुले ५ रोपनीभन्दा कम क्षेत्रफलमा किवी खेती गरेको देखिएको छ भने १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार