images
Logo
images
images
images

कोशी प्रदेशमा १५ रोपनी भन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत मात्रै

कोशी प्रदेशमा १५ रोपनी भन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत मात्रै

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • कोशी प्रदेशमा १५ रोपनी भन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत मात्रै
    images
    images
    images
    images

    काठमाडौँ / कोशी प्रदेशमा १५ रोपनी भन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत रहेको अध्ययनले देखाएका छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना र चुनौतीका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । 

    सर्वेक्षणमा सहभागी किवी किसानहरुमध्ये ४२.४ प्रतिशत किसानहरुले ५ रोपनी भन्दा कम क्षेत्रफलमा किवी खेती गरेको देखिएको छ भने १५ रोपनी भन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत रहेका छन् । 

    यस्तै, अध्ययन क्षेत्रका किवी किसानहरुमध्ये ५ देखि १० वर्षको अवधिदेखि किवी खेतीमा संलग्न किसानको संख्या सबैभन्दा धेरै ५८.३ प्रतिशत रहेका छन् भने १० देखि १५ वर्षको वधिदेखि यस व्यवसायमा संलग्न किसान सबैभन्दा कम १९.५ प्रतिशत रहेको प्रतिवेदनले देखाएको हो । 

    नमुनामा समावेश किसानहरुमध्ये साक्षर किसानको संख्या ७२.९ प्रतिशत रहेको छ । अध्ययन क्षेत्रका किसानहरुमध्ये ५६.३ प्रतिशत किसानले मात्र औपचारीक रुपमा व्यवसाय दर्ता गरी किवी खेती गरेको पाइएको छ । 

    माटो परिक्षण गरी किवी खेती प्रारम्भ गर्ने किसानको संख्या २९.९ प्रतिशत रहेको देखिएको छ । बहुसंख्यक किसानहरुले माटो परिक्षण नगरी व्यवसाय गरेको पाइएको छ ।

    राष्टङ बैंकले उक्त सर्वेक्षणको लागि नमुनाको रुपमा इलाम, पाँचथर, धनकुटा र सोलुखुम्बु जिल्लाका कुल १४४ जना नमुना कृषकहरुको किवी फर्मको स्थलगत भ्रमण गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com