चर्चित समाचार
  • फेरि २१०० विन्दुमाथि उक्लियो नेप्से, ५ अर्ब ५५ करोड बढी कारोबार, कसले कति कमाए ?

    फेरि २१०० विन्दुमाथि उक्लियो नेप्से, ५ अर्ब ५५ करोड बढी कारोबार, कसले कति कमाए ?

    मंगलवार, जेठ २९ २०८१
    मंगलवार, जेठ २९ २०८१
  • फेरि २१०० विन्दुमाथि उक्लियो नेप्से, ५ अर्ब ५५ करोड बढी कारोबार, कसले कति कमाए ?

    काठमाडौँ / आज शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २ हजार ११५ को विन्दुमा कायम भएको हो । आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । 

    आज दिनभरिमा ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । 

    आज यस कम्पनीको ३६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथली बुखरी, भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार