images
images

नेप्सेमा ८५ करोड कित्ता सेयर अझै डिम्याट हुन बाँकी

नेप्सेमा ८५ करोड कित्ता सेयर अझै डिम्याट हुन बाँकी

शुक्रवार, जेठ ३२ २०८१
शुक्रवार, जेठ ३२ २०८१
  • नेप्सेमा ८५ करोड कित्ता सेयर अझै डिम्याट हुन बाँकी

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अझै ८५ करोड कित्ता सेयर डिम्याट हुँन बाँकी रहेको छ । 

    नेप्सेले सीडीएसीको स्थापना गरेर सन् २०१४ बाट डिम्याट कार्यको सुरुवात गरेको थियो । त्यसता नेप्सेमा १३ अर्ब ५० करोड २९ लाख ३५ हजार ८९१ कित्ता सेयर सूचीकृत भएका छन् भने १२ अर्ब ६५ करोड कित्ता सेयर मात्रै डीम्याट भएका छन् । 
     
    यस हिसाले अझै पनि सीडीएसीमा ८५ करोड कित्ता सेयर डिम्याट हुन बाँकी रहेको देखिन्छ । सीडीएसीको तथ्यांकअनुसार अपर तामाकोशीको सेयर सबैभन्दा धेरै डिम्याट हुन बाँकी रहेको छ । अपर तामाकोशीको चुक्तापूँजीको ५० प्रतिशत अर्थात साढे १० करोड सेयर डिम्याट हुन बाँकी रहेको छ ।  

    हाल अपर तामाकोशीको चुक्तापूँजी २१ अर्बबराबर रहेको छ । त्यस्तै डिम्याट हुन बाँकी कम्पनीको सूचीमा साञ्जेन जलविद्युत कम्पनी दोस्रो स्थानमा रहेको छ । यो कम्पनीको पनि चुक्तापूँजीको ६० प्रतिशत भन्दा बढी सेयर डिम्याट हुन बाँकी रहेको छ । यो कम्पनीको चुक्तापूँजी ३ करोड ६५ लाख रहेकोमा करिब १ करोड ८० लाख कित्ता सेयर डिम्याट हुन बाँकी रहेको छ ।  

    वाणिज्य बैंकहरुमा भने नेपाल बैंकको सर्वाधिक सेयर डिम्याट हुन बाँकी रहेको छ । विदेशी साझेदार भएका बैंकहरुमध्ये भने नेपाल एसबिआई बैंकको सबैभन्दा धेरै संस्थापक सेयर डिम्याट हुन बाँकी छ ।  

    हाल सीडीएसीमा डीपीको संख्या १०९ पुगेको छ भने डिम्याटहोल्डरको संख्या करिब ६३ लाख पुगेको छ । त्यसैगरि, मेरो सेयरको संख्या करिब ३६ लाख पुगेको छ । दोस्रो बजारमा टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम लिएर सक्रिय रुपमा कारोबार गर्नेको संख्या भने २२ लाख रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार