फेरी २१ सय विन्दु मुनी पुग्यो नेप्से, कारोबार रकम पनि घट्यो, कसले कति गुमाए ?

फेरी २१ सय विन्दु मुनी पुग्यो नेप्से, कारोबार रकम पनि घट्यो, कसले कति गुमाए ?

आइतवार, असार २ २०८१
आइतवार, असार २ २०८१
  • images
    images
    फेरी २१ सय विन्दु मुनी पुग्यो नेप्से, कारोबार रकम पनि घट्यो, कसले कति गुमाए ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ ।

    images
    images

    यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । बिहीबार छ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रूपैयाँको सेयर कारोबार भएको छ । 

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९७ करोड रूपैयाँ कमी आएको हो । यस दिन ३१७ वटा धितोपत्रको एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनबेच भएको हो । आइतबार ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ वटाको घटेको छ ।  यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

    यसदिन नेपाल फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रूपैयाँ १० पैसा कायम भएको छ । यस्तै, मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ८१४ रूपैयाँ कायम भएको छ । 

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

    भगवती हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रति कित्ता मूल्य एक हजार १७ रूपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, समृद्धि फाइनान्सको मूल्य ६.११ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४०९ रूपैयाँमा झरेको छ।

    2.JPG

    नेपाल फाइनान्सको सर्वाधिक कारोबार

    आइतबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ६६१ रूपैयाँ १० पैसामा ३० करोड ४० लाखको सेयर कारोबार भएको छ । 

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४६ रूपैयाँमा १८ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

    3.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार