images
images

नेप्से सामान्य घट्दा यी कम्पनीको लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनीहरू कुन–कुन ?

नेप्से सामान्य घट्दा यी कम्पनीको लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनीहरू कुन–कुन ?

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • नेप्से सामान्य घट्दा यी कम्पनीको लगानीकर्ताले कमाए सार्वधिक, गुमाउने कम्पनीहरू कुन–कुन ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन अर्थात आज आइतबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । 

    images
    images
    images
    images

    आज नेप्से परिसूचक पाँच दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो । अघिल्लो कारोबारको दिन अर्थात बिहिबारको दिन परिसूचक १०.४४ अङ्कले घटेर २ हजार ६८.३१ विन्दुमा बन्दमा कायम भएको थियो । 

    आज तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर ६१ हजार पाँच सय १३ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ बराबरको कारोबार भएको छ । 

    आज नेप्से परिसूचक सामन्य अङ्कले घटेपनि कुनै कम्पनीका लगानीकर्ताहरूले भने सार्वधिक कमाएका छन् । आइतबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त र मौलुङ खोला जलविद्युतको मूल्य १० प्रतिशतका दरले बढेको छ भने नेपाल फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

    1.JPG

    ग्लोबल आइएमई लघुवित्तको मूल्य सर्वाधिक ६.५८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४२० रूपैयाँ कायम भएको छ।

    यस्तै, सनराइज ब्ल्युचिप फण्डको मूल्य ५.२४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रूपैयाँ ९६ पैसामा झरेको छ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार