images
images

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ विवादबारे सेवोनलाई लेखा समितिको पत्र, माग्यो विस्तृत विवरण

रिलायन्स स्पिनिङ मिल्सको आइपिओ विवादबारे सेवोनलाई लेखा समितिको पत्र, माग्यो विस्तृत विवरण

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • images
    images
    रिलायन्स स्पिनिङ मिल्सको आइपिओ विवादबारे सेवोनलाई लेखा समितिको पत्र, माग्यो विस्तृत विवरण
    images
    images

    काठमाडौँ / बुक बिल्डिङ विधिबाट महँगो मूल्यमा साधारण सेयर (आइपिओ) जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको आइपिओ निष्काशन विवाद लेखा समितिमा पुगेको छ । मङ्गलबार बसेको समितिको बैठकले आइपिओ निष्कासनका विषयमा प्रश्न उठेपछि नेपाल धितोपत्र बोर्ड (सेवोन)लाई एक साताभित्र विस्तृत विवरण पठाउन निर्देशनसहितको पत्र पठाएको छ ।

    images
    images

    कम्पनीको प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको भन्दै असार २७ गतेदेखि निष्काशन गर्न लागेको आइपिओबारे कडा आलोचना भएपछि समितिले यस विषयमा छलफल गरेको हो । समितिका सभापति ऋषिकेश पोखरेलले सेवोनको जवाफ र प्रतिक्रिया हेरेर थप लिने जानकारी दिए । 

    “कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो ? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रकिया के हो ?” समितिले सेवोनलाई पठाएको पत्रमा प्रश्न गरिएको छ । 

    रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङमा आइपिओ ल्याउँदा अर्थात गत आर्थिक बर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा उल्लेख गरेको थियो । 
    अहिले एक बर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । 

    त्यस्तै, समितिले सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीका तर्फबाट जारी गरिएको आह्वान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा, आर्थिक वर्ष २०८०/८१ मा ३२ रुपैयाँ ९० पैसा, २०८१/८२ मा ३२ रुपैयाँ ८९ र २०८२÷८३ मा ५३ रुपैयाँ ९३ पैसा रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चैतसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २ रुपैयाँ ०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामन्जस्यता नदेखिएको पत्रमा उल्लेख गरेको छ । 

    रिलायन्समा बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरूसँग स्वार्थ बाँझिएको छ कि छैन ? बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता शेयरका लागि आवेदन दिएका थिए, सोको समेत विस्तृत विवरणसमेत समितिले सेवोनसँग माग गरेको छ । 

    कम्पनीले तीनवटा आर्थिक वर्षमा फरक-फरक प्रतिशेयर आम्दानी (हरेक आबमा घट्दै गएको) सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा समितिले सेवोनको धारणा मागेको छ । 

    Lekha samiti Notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार