images
images

नेपाल लाइफले यी दुई कम्पनीमा १ अर्ब ३३ करोडभन्दा बढी शेयर लगानी गर्ने

नेपाल लाइफले यी दुई कम्पनीमा १ अर्ब ३३ करोडभन्दा बढी शेयर लगानी गर्ने

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • नेपाल लाइफले यी दुई कम्पनीमा १ अर्ब ३३ करोडभन्दा बढी शेयर लगानी गर्ने

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई कम्पनीमा १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६०० रूपैयाँ बराबरको शेयर लगानी गर्ने भएको छ ।

    साउन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ३५ दशमलव ३२ प्रतिशत र युनिग्लोब हाइएर सेकेन्डरी स्कुल, काठमाडौँ लिमिटेडमा ४७.६२ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेको हो ।

    प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६०० रूपैयाँ र युनिग्लोब हाइएर सेकेन्डरी स्कुलमा ६० करोड रूपैयाँ लगानी गर्ने निर्णय कम्पनीले गरेको हो । 

    दुबै कम्पनीसँग शेयर लगानीका लागि साउन ६ गतेनै सम्झौता भैसकेको जानकारी कम्पनीले सूचनामार्फत गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार