images
images

नेपाल लाइफको बार्षिक वित्तीय विवरण : नाफा ३०.८१ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

नेपाल लाइफको बार्षिक वित्तीय विवरण : नाफा ३०.८१ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • नेपाल लाइफको बार्षिक वित्तीय विवरण : नाफा ३०.८१ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को असार मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही अवधिको तुलनामा ३०.८१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    असार मसान्तसम्ममा कम्पनीले ४० अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.९२ प्रतिशतले वृद्धि भएको हो । 

     ८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा पुनर्बीमा मार्फत ७३ करोड ९२ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड २३ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  कम्पनीको महाविपत्तीकोषमा १ अर्ब  ९ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

    कम्पनीले यस अवधिमा ४० अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ खर्चिएको थियो ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.२६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२९.११ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार